संसद अधिवेशन बोलाउन काँग्रेसको माग

डिसी नेपाल
१ पुष २०७७ १७:११
52
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ। कााग्रेस पदाधिकारीको बुधबार बसेको पदाधिकारी बैठकले अधिवेशन बोलाउन माग गरेको हो।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘अध्यादेश फिर्ता लिन र अधिवेशन बोलाउन माग गर्ने निर्णय भएको छ।’

सरकारले मंगलबार अकस्मात संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याएको थियो। यद्यपी सत्तारुढ दल नेकपालगायत चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन्।

गत असार १७ गते नेकपामा विवाद चर्केपछि सरकारले अकस्मात संसद अधिवेशन अन्त्य गरेको थियो। कोरोना महामारी, सरकारका गतिविधिलगायतका विषयमा छलफल गर्न आवश्यक रहेका बेला सरकारले अधिवेशन नबोलाई अध्यादेशबाट शासन गर्ने सोँच बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *