नेपाली शान्ति सैन्यको लिबियामा उच्च प्रशंसा
फाइल
काठमाडौं । लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड–१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सम्पूर्ण फौजको उच्च सम्मानसहित ‘मिशन लिबिया’का प्रमुख तथा लिबियास्थित संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिहरुले प्रशंसापत्र प्रदान गरेका छन् ।
कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका सेनानी मोहनकाजी श्रेष्ठ र जमदार थिरप्रसाद गौतमप्रति उनिहरुले हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको नेपाली सेनाले आज जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment