शुक्रबार र शनिबार राजधानीका यी स्थानमा बिजुली काटिँदै

डिसी नेपाल
३ पुष २०७७ ६:२६
372
Shares

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ। बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिने छ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ। बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ। निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.