प्रदेश १ का प्रचण्ड–नेपाल निकट नेताहरु पेरिस डाँडामा
काठमाडौं। सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला गुटगत भेलाले पनि तिब्रता पाएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरु आ आफ्नो गुट भेलमा सक्रिय हुन थालेका छन्।
केही दिन अगाडि बागमती प्रदेशका प्रचण्ड–माधव गुटका नेताहरुको भेला पेरिस डाँडामा भएको थियो। शुक्रबार पनि सो पक्षका नेताहरुले प्रदेश १ को भेला गर्दैछन्।
शुक्रबारको भेलामा प्रदेश १ का अध्यक्ष र सचिवलाई बोलाइएको वरिष्ठ नेता माधव नेपाल निकट स्रोतले जनाएको छ। भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले बिफ्रिङ गर्ने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment