एक सातामा अठार सयले बढ्यो सुन
काठमाडाैं। साताको अन्तिम कारोबारको दिन शुक्रवार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। गत पुस १ गतेदेखि उकालो लागेको सुनचाँदीको मूल्य आज तेस्रो दिन शुक्रबार पनि बढेको छ।
शुक्रवार ८ सय रुपैयाँले बढेको छापावाला सुनको प्रतितोला मूल्य ९४ हजार ३०० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।
यो सातामा सुन बजारमा उतार चढाव रह्यो। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार समान १ सय रुपैयाँले बढेको थियो। बुधबार ८ सयले बढेको सुन बिहीबार ४ सयले बढेको थियो।
यस्तै साताको कारोबारोको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ८ सयले बढेको हो। समग्रमा यो सातामा छापावाला सुन प्रतितोला १८०० रुपैयाँले बढेको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ८५० मा कारोबार भइरहेको छ।
यस्तै, शुक्रवार पनि चाँदीको मूल्य वृद्धि भएको छ। बिहीबार प्रतितोला रू. एक हजार २ सय ५५ मा कारोबार चाँदी शुक्रबार प्रतितोला रू. एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य रू. २५ ले बढेको हो। समग्र यो सातामा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment