लिभिङ टुगेदरमा बसेकी प्रेमिकालाई ब्ल्याकमेल गर्न फेक फेसबुक आईडी बनाएर ७० लाख मागेपछि…
काठमाडौं। आफ्नै प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुकको फेक आईडी बनाएर ७० लाख माग्ने एक जना पक्राउ परेका छन्। काठमाडौंको गोल्फूटारमा लिभिङ टुगेदरमा रहेकी किशोरीलाई उनकै प्रेमी सुमन रेग्मीले फेसबुकमा फेक आईडी बनाएर बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका हुन्।
नेपाल प्रहरीको साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने केन्द्रीय साइबर ब्युरोले मोरङको विराटनगर घर भई राजधानीको गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो। ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार रेग्मीले लामो समयदेखि लिभिङ टुगेदरमा रहेकी किशोरीलाई नक्कली फेसबुक आईडी बनाएर ‘आफुसँग उनको अर्ध नग्न तस्बिर रहेको र ७० लाख रुपैयाँ नदिए बाहिर ल्याउने’ धम्की दिदै धम्क्याएका थिए।
आ–आफ्नो व्यवसायमा संलग्न दुवै जना केही समययता लिभिङ टुगेदरमा थिए। प्रहरीका अनुसार तस्बिर बाहिरिने डरमा ती महिलाले केही लाख रुपैयाँ दिइसकेकी थिइन्। सँगै बस्ने क्रममा रेग्मीले ती महिलाका अर्धनग्न तस्विर खिचेर राखेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment