नेकपामा दौडधुप : प्रधानमन्त्री निस्कीएसँगै नेता नेपाल खुमलटार पुगे
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)बीच खुमलटारमा भेटवार्ता सम्पन्न भएको छ। नेकपाको विवाद चर्किएकै बेला दुई अध्यक्षबीचको वार्तालाइ अर्थपूर्ण तरिकाले हेरिएको छ।
‘हिजो अस्ती बालुवाटारमा हुने छलफल आज खुमलटारमा भएको हो’ अर्का अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘के विषयमा कुरा भयो भन्ने बिस्तृत जानकारी आएको छैन।’
प्रधानमन्त्री ओली बाहिरिए लगतै खुमटारमा अर्का नेता माधवकुमार नेपालको इन्टी भएको छ। उनी प्रचण्ड र ओलीका बीच भएको छलफलका बारेमा बुझ्न खुमलटार पुगेको हुनसक्ने अनुमान स्रोतले गरेको छ।
यस अघि दुई अध्यक्षबीच भएको छलफलमा उपाध्यक्ष वामदेव गौतमलाई पनि बोलाईएको थियो। शुक्रबार प्रचण्ड–नेपाल पक्षले भेला गरेपछि उपाध्यक्ष गौतम कुनै पनि गुटको भेलामा सहभागि नहुने भन्दै बसेका थिए। शनिबार दुइृ अध्यक्षबीचको भेटमा उनी गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment