गृहमन्त्री भेटन मन्त्री क्वाटर छिरे प्रधानमन्त्री
काठमाडौं । शनिवार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक शक्रियता देखाएका छन्। करिव डेढ घण्टा खुमलटारमा बसेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका प्रधानमन्त्री त्यहाँबाट निस्के पश्चात ललितपुर स्थिति मन्त्री क्वाटर प्रवेश गरेका हुन्।
स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न मन्त्री क्वाटर पुगेका हुन्। भोली बस्ने स्थायी कमिटिको बैठकमा आफू विरुद्ध नेताहरु कडा भएर प्रस्तुत हुने भएपछि प्रधानमन्त्रीले भेटघाटलाई तिब्रता दिएका हुन।
स्रोतका अनुसार खुमलटारमा भएको दुई अध्यक्षबीचको भेटवार्ता उपलब्धि मुलक नभएका कारण गृहमन्त्री फकाउनलाई प्रधानमन्त्री ओली मन्त्री क्वाटर प्रवेश गरेका हुन्। अहिले प्रधानमन्त्री र गृहमन्त्रीबीच एक्ला एक्लै छलफल चलिरहेकाे स्राेतले जनाएकाे छ।







डिसी नेपाल








Facebook Comment