महालक्ष्मी सुगर मिलले भन्यो ‘किसानबाट उल्टै चार करोड लिनु छ’

डिसी नेपाल
४ पुष २०७७ १९:१२
1.5k
Shares

काठमाडौं। महालक्ष्मी सुगर मिलले उखु किसानलाई बक्यौता तिर्न बाँकी नरहेको जनाएको छ। कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्वमा रहेको उद्योगले एक विज्ञप्ति जारी गर्दै किसानलाई कुनैपनि बक्यौता तिर्न बाँकि नरहेको जनाएको हो। उद्योगले बरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको दाबी गरेको छ।

मिलले विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख गरेको छ।

मिलका सहायक प्रबन्धक दीपक न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा कपिलवस्तुमा किसानलाई बिउ, मल उपलब्ध गराएवापतको चार करोड रुपैयाँको तमसुक प्रालिसँग सुरक्षित रहेको उल्लेख छ।

उक्त चार करोड रुपैयाँ असुल उपरका लागि पहल गरिदिन अपील गर्दै अन्यथा कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *