सर्वोच्च बारमा काँग्रेस निकट पूर्णमान शाक्य निर्वाचित

डिसी नेपाल
४ पुष २०७७ २१:३९
148
Shares

काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएशनको शनिबार सम्पन्न निर्वाचनबाट काँग्रेस निकट पूर्णमान शाक्य अध्यक्षमा निर्वाचित भएका छन्। उनले नेकपा निकट रविनारायण खनाललाई पराजित गरे। शाक्यले २९५ मत पाउँदा खनालले २५० मत पाएका छन्।

उपाध्यक्षमा भने नेकपा निकट मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन्। उनले काँग्रेस निकट उम्मेदवार नमराज रिजाललाई पराजित गरे। बारमा काँग्रेस निकट वकीलकहरुको संगलन डीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० सिट जितेको छ भने नेकपा निकट वकीहरुले उपाध्यक्षसहित पाँच सिट जितेका छन्। यस्तै जनता समाजवादी पार्टी निकट एकजना सदस्य निर्वाचित भएका छन्।

सत्तारुढ दल नेकपामा जारी आन्तरिक विवादका कारण बारको चुनावमा काँग्रेस निकट वकीलहरुलाई चुनाव जित्न सहज भएको चर्चा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *