संसद विघटन, संविधानमाथिको थिचोमिचो र जालसाजी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा संसद विघटन गर्न सिफारिस गरेपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ।
यद्यपी कानुनविदहरुले भने संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका छन्।
कानुनविद् टिकाराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र संविधानमाथिको थिचोमिचो र जालसाजी भएको टिप्प्णी गरेका छन्।
‘संविधानमा संसद विघटन गर्ने कुनै प्रावधान छैन,’ भट्टराईले डिसी नेपालसँग भने, ‘यो संविधानमाथिको थिचोमिचो र जालसाजी हो। यो विवाद अदालतमा जान्छ। राष्ट्रपतिले असंवैधानिक कदममा हस्ताक्षर गर्नु हुँदैन। राष्ट्रपति संविधानको संरक्षक हो, संहारक होइन।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment