ओलीले संसद विघटन सिफारिस गरेलगतै प्रचण्डमाधव समूह खुमलटारमा

डिसी नेपाल
५ पुष २०७७ १२:१९
1.2k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेलगतै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुलाई खुमलटार बोलाएका छन्।

छलफलमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु खुमलटार जाँदै छन्। प्रचण्डले भेलापछि आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

नेकपाको ओली इतर समूहले आजको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने तयारी गरेको छ। आजै १ बजेका लागि स्थायी कमिटी बैठक सुरु हुने तय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *