शितल निवासबाट फर्किएपछि बालुवाटारमा ओली र प्रचण्डबीच छलपफल

डिसी नेपाल
५ पुष २०७७ १३:५४
1.0k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न र बैखाश २३ गते मध्यावधी निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफासिर गरेर फर्किए लगत्तै प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

स्थायी कमिटी बैठक बस्नुपूर्व दुई अध्यक्षबीच छलफल भएको हो। स्रोतका अनुसार छलफलमा प्रचण्डले ओलीलाई संसद विघटन गर्ने सिफारिस फिर्ता लिन आग्रह गरेका छन्।

तर जवाफमा ओलीले आफूलाई चौतर्फी असहयोग गरेको भन्दै प्रस्ताव फिर्ता नलिने अडान राखेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र माधव नेपाल समूहको भेला भएको थियो। उक्त भेलाले संसद विघटन गर्ने सिफारिस फिर्ता लिन दबाव दिने निर्णय गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *