संसद विघटनविरूद्ध माइतीघरमा प्रदर्शन (भिडियाेसहित)

डिसी नेपाल
५ पुष २०७७ १६:१२
196
Shares

काठमाडौं । संसद विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

कालोफेटाधारी विद्यार्थीले आइतबार दिउँसो संसद विघटनविरूद्ध माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूसँगै नेकपासम्बद्ध अरू नेता कार्यकर्ताहरू पनि प्रदर्शन सहभागी थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनले पनि प्रदर्शन थालेका छन्।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद बैठकबाट संसद विघटन प्रस्ताव राष्ट्रपतिकहाँ पुर्‍याएका थिए।

राष्ट्रपतिले प्रस्ताव स्वीकृत गर्दै संसद विघटन गरेपछि विरोध तीव्र भइरहेको छ। प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपतिले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन्।

 

संसद विघटन विरुद्ध सडकमा प्रदर्शन ।

Posted by DCnepal on Sunday, December 20, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.