काँग्रसले बोलायो केन्द्रीय समिती बैठक

डिसी नेपाल
५ पुष २०७७ १६:३६
68
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमिती बैठक बोलाएको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुस ७ गतेका लागि पार्टीको केन्द्रीय कार्यसमिती बैठक बोलाइएको जानकारी दिए।

संसद् विघटन भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमिती बैठक बोलाइएको हो। आफ्नै पार्टी नेकपामा विवाद भएपछि प्रधानमन्त्री ओलीले आइतबार संसद् विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेका छन्।

संसद् विघटनको सवत्र आलोचना तथा विरोध भइरहेको छ। यसैबीच आइतबार आकस्मिक बसेको काँग्रेस पदाधिकारीको बैठकले संसद् विघटन गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *