संसद विघटनको प्रभाव सेयर बजारमाः इतिहासकै दोस्रो ठूलो गिरावट

डिसी नेपाल
५ पुष २०७७ १७:१६
88
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा इतिहासकै दोस्रो ठुलो गिरावट आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट आएको हो। आइतबार सेयर बजार ९६ दशमलव ८८ अंकले घटेर १९३५ दशमलव ६३ बिन्दुमा बन्द भएको छ।

यसअघि तीन हप्ता पहिले मात्रै राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने नीति अपनाएपछि बजार एकै दिन १२३ अंकले घटेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको छ। यो नै सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट हो।

पछिल्लो केही समय घट्दो क्रममा रहेको कारोबारो रकम आइतबार भने ह्वात्तै बढेको छ। आइतबार १९८ कम्पनीको १ करोड ४० लाख कित्ता सेयर ९ अर्ब ५ करोड रुपैयाँमा खरिदबिक्री भयो। आइतबार ७ वटा कम्पनीको मूल्य मात्रै बढ्दा अरु सबै कम्पनीहरुको सेयर मूल्य घट्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *