भ्रममा नपर्नुस्, पार्टी एकतामा असर पर्दैन : प्रचण्ड

डिसी नेपाल
६ पुष २०७७ १२:२१
556
Shares

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लिएर कुनै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोतान्त्रिक, निरकुंश, पश्चगामी एवं स्वेच्छाचारी कदमलाई स्थायी कमिटी बैठकले विरोध एवं भत्र्सना गर्दै अस्वीकार गरेको र ओलीलाई अनुशासनको कारवाहीका निम्ति स्पष्टिकरण सोध्ने निर्णय गरेको उल्लेख गरेका छन्।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन। नेपाली जनताले ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.