बामदेवलाई फकाउने नेतात्रयको प्रयास असफल
काठमाडौं। पार्टी विभाजनको संघारमा पुगेका बेला कुनै पनि पक्षमा नलागेका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठको प्रयास असफल भएको छ।
गौतमलाई मनाउन तीनै जना नेता गौतम निवास भैंसेपाटी पुगेका थिए। उक्त छलफलमा उपाध्यक्ष गौतमले आफू अहिले कुनै पक्षको भेलामा नजाने पुरानै अडान राखको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए
‘अहिले संसद भंगको विरोध गर्दै जाने तर कुनै पनि समूहमा नलाग्ने पुरानै अडान उहाँले (गौतम) दोहोर्याउनु भयो,’ सुवेदीले भने।
नेकपाको नौ सदस्यीय सचिवलायमा उपाध्यक्ष गौतम र गृहमन्त्री रामबहादुर थापाले कुनै पनि पक्षमा नलागी तटस्थ बस्ने बताउँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment