नेकपामा थपिएका नयाँ केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओलीले गराए सपथग्रहण

डिसी नेपाल
७ पुष २०७७ १२:३३
964
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले थपेका केन्द्रीय सदस्यहरुलाई आजै सपथग्रहण गराएका छन्।

साविकको ४४६ जना केन्द्रीय सदस्यहरुमा ५५६ जना सदस्यहरु थपेर १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए।

पार्टी भित्रको विवाद समाधानको कुनै उपाय नभएकाले संसद विगठन गर्न बाध्य भएको बताउने ओलीले बालुवाटारमा आफु निकट नेताहरुलाई बोलाएर १९७ जना पछि थप्ने गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

अध्यक्ष ओलीको उक्त प्रस्तावलाई आज बसेको ओली पक्षीय नेताहरुहरुको बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *