जसपाद्वारा संसद् जीवित रहेको भन्दै संसद् अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले संसद् अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले संसद् अझै जीवित रहेको निष्कर्ष निकालेको छ।
यस्तै बैठकले संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।
जसपाले आन्दोलन घोषणा गर्दै आन्दोलनका कार्यक्रम पनि तय गरेको छ। पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment