भन्सार छली गरेको सामानसहित एक जना पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट नजिकबाट भन्सार छली गरी ल्याएका सामानहरुसहित एक जना पक्राउ परेका छन्। काठमाडौं–२३, कालीमाटी घर भएका विपिन मानन्धरलाई भन्सार छली गरेको सामान सहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
मानन्धरले नेपाल एयरलाइन्सको उडान नं आरए ४१० द्वारा हङकङबाट काठमाडौं आएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाई अन्दाजी रु १५ लाख ७५ हजार बराबरको सामान ल्याएको र त्यसको भन्सार नतिरी फर्कन खोजेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आई उनले सामान संकलन गर्दै गर्दा पक्राउ परेका हुन्।
एसएसपी बास्तोलाका अनुसार मानन्धरको साथबाट विभिन्न कम्पनीका १३ थान मोबाइल, रेडिमेट कपडा (ज्याकेट, स्वीटर, सर्ट, पाइन्ट), मनि पर्स, कस्मेटिक सामानहरु बरामद भएको छ।







डिसी नेपाल








Facebook Comment