संसद विघटन असंवैधानिक छ भन्ने अदालतले फैसला गर्ने विश्वास छः प्रचण्ड

डिसी नेपाल
१० पुष २०७७ १६:०५
164
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्। शुक्रबार बबरमहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले संसद पुर्नस्थापनाका लागि सशक्त आन्दोलन गर्ने बताए।

‘संसद पुर्नस्थनापका लागि सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आयो भने पनि तयार छौँ,’ पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमाउनले भने, ‘त्यसका लागि हामीले नागरिक समाजका अगुवासहित संसद विघटनको विरोधमा रहेका सबै पक्षसँग छलफल गरिरहेका छौँ।’

उनले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् । उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

 

नेकपा प्रचण्ड- माधव नेपाल समुहको पत्रकार सम्मेलन ।

Posted by DCnepal on Friday, December 25, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.