मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे। रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले उच्च नैतिकता र इमान्दारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए।
मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गरे। उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न उनले सबैलाई आग्रह गरे।
मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुुँगुुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गरे।
कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको चर्चासमेत गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment