संसद विघटनविरुद्ध १३ गते देशैभर प्रदर्शन गर्न देउवाले गरे अपिल

डिसी नेपाल
११ पुष २०७७ १४:१०
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

शनिबार सभापति देउवाले अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमविरुद्ध पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न आह्वान गरेका हुन् ।

उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको बताएका छन् ।

संसद विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्नका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.