अंग्रेजी नयाँ बर्षको सुरुवातसँगै निगमले काठमाडौं हङकङ उडान नियमित गर्ने

डिसी नेपाल
११ पुष २०७७ १४:४१
132
Shares

काठमाडौं।अंग्रेजी नयाँ बर्ष २०२१ को सुरुवातसँगै नेपाल वायुसेवा निगमले काठमाडौं हङकङ उडान नियमित गर्ने भएको छ।

४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएसँगै यो पटक नेपाल वायुसेवा निगमको काठमाडौं हङकङ उडानमा एक जना यात्रुको परिक्षण रिपोर्टमात्र कैफियत देखिएको निगमले जनाएको छ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार एक जना यात्रुको रिपोर्टमा मात्र कैफियत देखिएपछि हङकङ एयरपोर्टले आउँदो साताको उडानमा प्रतिबन्ध नलगाउने भएको हो। यो पटक ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएको थियो।

यताबाट लगेका यात्रुको कोभिड १९ परीक्षण रिपोर्ट जाँचमा उता पुगेर चार पटकसम्म कैफियत देखिएपछि निगमले पटक पटक प्रतिबन्ध झेल्दै आएको थियो। पहिले ७२ घण्टाको चाहिनेमा यसपटक हङकङ उडानका लागि यात्रुको ४८ घण्टाको पीसीआर परीक्षण रिपोर्टलाई वैधानिकता दिइएको थियो।

हङकङ एयरपोर्टले चौथो पटक निगमलाई दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएपछि गत सोमबार निगमले वाइडबडीमार्फत काठमाडौं हङकङ उडान गरेको थियो। उक्त उडानमार्फत २ सय ५९ यात्रु हङकङ पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.