हङकङ जाने यात्रुका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोना रिपोर्ट अनिवार्य

डिसी नेपाल
११ पुष २०७७ १६:५०
68
Shares

काठमाडौं। नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने जनाएको छ।

एयरलाइन्स कार्यलयले सूचना जारी गर्दै हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको हुनुपर्ने जनाएको हो। उडान गर्दा परीक्षण विश्वसनीय होस भन्ने उद्देश्यले परीक्षणमा कडाइ गरिएको एयरलाइन्स कार्यलयले जनाएको छ।

हङकङ उडानमा यात्रुमा कोरोना पोजिटिभ देखिएपछि नेपाल एयरलाइन्स ४ पटकसम्म प्रतिबन्धमा परिसकेको कारण कारोना रिर्पोटमा कडाइ गरिएको हो। परीक्षणका लागि एयरलाइन्सले समय पनि तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.