विश्वमा कोरोना : संक्रमितको संख्या ८ करोड बढी, निको हुनेहरु ५ करोड मात्र
काठमाडौं। विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड बढी पुगेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार विश्वभरमा ८ करोड ७ लाख १० हजार ८ सय ६६ पुगेको छ। यस्तै हालसम्म निको हुनेको संख्या ५ करोड ६८ लाख ९९ हजार २ सय ५८ रहेको छ।
कोरोनाका कारण अहिलेसम्म १७ लाख ६४ हजार ३ सय ७४ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै अहिलेसम्म २ करोड २० लाख ४७ हजार २ सय ३४ सक्रिय संक्रमितको संख्या रहेको वल्र्डोमिटरले जनाएको छ।
गत २४ घण्टामा मात्र ४ लाख ५१ हजार १ सय २४ कोरोनाका संक्रमितहरु थपिएका छन्। सबै भन्दा बढी अमेरिकामा १ लाख ६० हजार ६ सय ४ जना कोरोनाका संक्रमितहरु थपिएका हुन। यो सँगै अमेरिकामा कोरोनाका संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८सय ४७ पुगेको छ। हालसम्म अमेरिकामा सबैभन्दा बढी ३ लाख ३९ हजार ९ सय २१ ले कोरोनाका कारण ज्यान पनि गुमाएका छन्।
भारतमा पनि कोरोनाका संक्रमितको संख्या १ करोड बढी पुगेको छ। हालसम्म कोरोनाका कारण १ लाख ४७ हजार ६ सय ५९ जनाले ज्यान गुमाएको भारतमा संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म ९७ लाख ६० हजार बढी संक्रमित भारतमा निको भएको वल्र्डोमिटरले जनाएको छ।
पछिल्लो समय यूकेमा कोरोनाका संक्रमितहरु थपिने क्रम बढ्दो छ। गत २४ घण्टामा मात्र ३४ हजार ६ सय ९३ जना संक्रमित थपिएका छन। हालसम्म ७० हजारले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म निको हुनेको संख्या वल्र्डोमिटरले देखाएको छैन। तर संक्रमितको संख्या २२ लाख ५६ हजार ५ रहेको छ।
रसियामा गत २४ घण्टामा २९ हजार २ सय ५८ कोरोनाका संक्रमित थपिएका छन्। ५४ हजार बढीले ज्यान गुमाएको रसियामा ३० लाख २१ हजार ९ सय ६४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै हालसम्म करिव २४ लाख २६ हजार बढी संक्रमितहरु संक्रमण मुक्त भएको वल्र्डोमिटरको तथ्याङ्कमा रहेको छ।







डिसी नेपाल








Facebook Comment