कार्की ब्यांक्वेटमा ओली नेतृत्वको नेकपाको प्रशिक्षण, प्रधानन्त्री पनि सहभागी हुने

डिसी नेपाल
१५ पुष २०७७ ९:४९
188
Shares

काठमाडौं। यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको बबरमहलस्थित कार्की ब्यांक्वेटमा केपी शर्मा ओली नेतृत्वको नेकपाले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण गर्दैछ। बुधबार दिउँसो १२ बजे हुने प्रशिक्षणका प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ।

यसअघि प्रचण्ड–नेपाल समूहले पनि कार्की ब्यांक्वेटमा नै भेला तथा बैठक गर्दै आएका थिए। सो समूहको कार्की ब्यांक्वेटमा नै बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णइ गरेको थियो।

ओली समूहले त्यही ठाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण राख्नुलाई रणनीतिक रुपमा हेरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *