तत्कालिन एमालेको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधवको पत्राचार

डिसी नेपाल
१५ पुष २०७७ १८:१८
168
Shares

काठमाडौं। तत्कालिन एमालेको नाममा रहेको बैंक खाता रोक्का गर्न नेकपा (प्रचण्ड–माधव) समूहले बैंकहरुमा पत्राचार गरेको छ। पुस १२ को केन्द्रीय कमिटीको निर्णयअनुसार बैंक खाता रोक्काका लागि पत्र पठाइएको एक नेताले जानकारी दिए।

तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भए पनि एमाले र माओवादीका अलग अलग बैक खाता थिए। अहिले पार्टी विभाजन भएकाले सम्पत्तिमाथिको हकबारे निर्णय नभइसकेकाले बैंक खाता रोक्का गर्न पत्राचार गरिएको हो।

खाता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, मन्त्री कृष्णगोपाल श्रेष्ठ र कर्मचारी खेम पौडेलको नाममा रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *