गुर्जुधारामा टिप्परले ठक्कर दिँदा दुईजना पैदल यात्रुको मृत्यु

डिसी नेपाल
१५ पुष २०७७ २२:५५
344
Shares

काठमाडौं। काठमाडौंको चन्द्रगिरी नगरपालिका वडा नम्बर १२ गुर्जुधारामा बुधबार राति भएको एक सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। राति साढे ९ बजेतिर टिप्परले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजना पैदल यात्रुको मृत्यु भएको नेपाल प्रहरीको थानकोट वृत्तले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ गल्छी घर भई थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई गुर्जुधारा बस्ने २५ वर्षीय सुभाष गमाल रहेका छन्।

उनीहरु दुबैजनालाई बा ४ ख २५७७ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ। चालक महानगरीय प्रहरी प्रभाग बलम्वुको नियन्त्रणमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *