अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई बेलायतले दियो अनुमति

डिसी नेपाल
१६ पुष २०७७ ६:४२
44
Shares

काठमाडौं।अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ।

नयाँ स्वरुपमा कोरोनाभाइरस देखा परेको बेलायतले फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अस्ट्राजेनिकाको खोपलाई पनि आगामी जनवरी ४ देखि प्रयोगमा ल्याउने तयारी गरेको हो। यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र ओसारपसार गर्न सकिने अस्ट्राजेनिकाले बताएको छ।

बेलायत सरकारको यो निर्णयसँगै अस्ट्राजेनिकाको खोप आम नागरिकलाई दिने बेलायत पहिलो मुलुक बनेको छ । अस्ट्राजेनिका खोपले ९० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.