डोभ साबुनले जति पखाल्दा पनि नपखालिएका प्रचण्ड!

डिसी नेपाल
१६ पुष २०७७ १३:०६
868
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण गर्ने कला गजबको छ। अझ उनले भाषणको बीचमा मिसाउने उखान टुक्काले भाषणलाई रोमाञ्चकता प्रदान गर्छ।

प्रधानमन्त्रीले भाषण गर्दा प्रयोग गरेको कतिपय उखान टुक्का त जनजिब्रोभा झुण्डिएका पनि छन्। यतिबेला सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित बनेको छ। पार्टी विभाजित भएपनि एकपक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नु स्वाभाविक भै हाल्यो।

बुधबार प्रधानमन्त्री ओलीको उपस्थितिमा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जनसंगठनहरुले आयोजना गरेको ओली समूहको नेकपाको उपत्यकाका उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले अधिकांश समय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल विरुद्ध उपयोग गरे।

सम्बोधनको धेरै शब्दहरुमा मनोरञ्जनात्मक टिप्पणी गरेका ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको र प्रचण्डको छेउमा बस्ने नेताको हैसिएत आफूले पनि दिएको भन्दै व्यंग्य गरे।

ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको पदका लागि मरिहत्ते गर्ने नेताको रुपमा चित्रण मात्रै गरेनन् प्रचण्डलाई राजनीतिक बैमानी गरेको र आफूले धेरै सानुव पानी र सेम्पूले पखाल्दासमेत नपखालिएको टिप्पणी गरे।

‘यो तीन वर्षमा मेरो डोभ साउनका धेरै डल्लाहरु खर्च भए, धेरै स्याम्पु खर्च भयो। ड्रमका ड्रम पानी, ट्यांकीका ट्यांकी पानी खत्तम भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई (प्रचण्ड) धुँदा धुँदा, सावुन लगायो पखाल्यो जस्तोको त्यस्तै! तपाइँहरुले देखिहाल्नु भयो।’

ओलीले प्रचण्डलाई धृतराष्ट्रजस्तो षड्यन्त्रकारी राजनीति बैमानी गरेको र साबुन पानीले जति पखाल्दा पनि उस्तै भएको आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.