बालुवाटार जग्गा प्रकरणः ९१ लाख विगो दावी गरिएकी अभियुक्तलाई विशेष अदालतले २ लाख धरौटीमा छोड्यो

डिसी नेपाल
१६ पुष २०७७ १७:४६
164
Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा लिएको प्रकरणमा मुख्य अभियुक्त जग्गा दलाल शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० रुपैयाँ विगो असुलीको दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

सो मुद्दा दायरपछि विहीबार ढकाल्नी विशेष अदालतमा हाजिर भएकी थिइन्। विशेष अदालतमा बिहीबार भएको थुनछेक बहसपछि २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वं प्रमुख आयुक्त दिप बस्न्यात पुर्पक्षका लागि थुनामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *