अब ‘मिस्टर बीन’को भूमिका कहिल्यै नगर्ने रोवान एट्किन्सनको घोषणा

डिसी नेपाल
२१ पुष २०७७ १५:२५

काठमाडौं। मिस्टर बीनको भूमिकाका लागि विश्वप्रसिद्ध हास्यकलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर बीनको भूमिका नगर्ने घोषणा गरेका छन् । आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर बीचको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको रोवानले बताएका छन् । यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर बीनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा छ ।

६५ वर्षका रोवानले भने ‘मेरो लागि दृश्य रुपमा त्यो भूमिकामा देखिनुभन्दा आवाजमार्फत त्यो भूमिका निभाउनु सजिलो छ । अब मलाई त्यो भूमिकामा त्यति मजा आउँदैन । जिम्मेवारीको भार आनन्दलाग्दो छैन । मलाई यो तनावलाग्दो र थकाइलाग्दो महसुस हुन लागेको छ । अब म यसको अन्त्य गर्नेबारे सोच्दैछु ।’ मिस्टर बीन पहिलो पटक १९९० मा आइटिभीमा देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *