ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरे : नेपाल
फाइल फाेटाे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेकोले पार्टी भित्रबाट सच्चिनका लागि आलोचना भएको बताएका छन्।
उनले भने, ‘ प्रधानमन्त्रीले पार्टीभित्रबाट काम गर्न दिइएन भन्ने तर्क दिदै आउनु भएको छ। जनताको समस्यालाई बेवास्ता गर्दा, भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदा पार्टीभित्रबाट विरोध भएकै हो।’ प्रधानमन्त्री ओलीको अराजक, निरंकुश कार्यशैलीको विरोध गरेको नेपालले उल्लेख गरेका छन्। ‘सच्चिएर आउनु हुन्छ की भनेको सच्चिनु भएन’ नेपालले भने।
नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री आफैलाई घाँडो हुन पुगेको बताएका छन। ‘ओलीले बोल्दा विचार नपु-याउँदा टाउको निहुराउनु परेको छ। हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment