नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा (सूचीसहित)

डिसी नेपाल
२१ पुष २०७७ २०:४४
456
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी उपरिक्षक (एसपी) र प्रहरीका नायब उपरिक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। प्रधान कार्यालयले मंगलबार ३० जना एसपी र ६९ डीएसपीहरुको सरुवा गरेकाे हाे।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन्। हाल झापामा रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा काठमाडौं सरूवा भएका छन्।

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ। मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाइएको छ। कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ।

सरुवा भएका एसपीहरूकाे सूचीः

यस्तै डीएसपीहरुमा ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

सरुवा भएका डीएसपीहरूकाे सूचीः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *