आँचलको पछिपछि बुद्धि र प्रदीप

डिसी नेपाल
२२ पुष २०७७ १३:०२

काठमाडौं। गायक धनकिरण गुरुङ र गायिका अन्जु पन्तको आवाजमा रहेको ‘हावा सरर’ बोलको गीत डिजी प्रोडक्सन युकेमार्फत सार्वजनिक भएको छ । गीतमा नायिका आँचल शर्मा, नायक प्रदीप वास्तोला साथै बुद्धि तामाङ फिचरिङ छन् ।

गीतको शब्द संगीत भने सोही गीतका गायक धनकिरणले गरेका छन् भने एरेन्ज सुरथ प्रधानले गरेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन भने सिनेमाटोग्राफी रामकुमार केसीको छ ।

सन्देश शाहले सम्पादन गरेको गीतमा मित्र लामाको रेकर्डिङ, निलम पौडेलको मेकअप, राजेन्द्र मोक्तानको कलर छ । मिलन चाम्सले निर्देशन गरेको गीतलाई अल्का गुरुङले निर्माण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *