दिउँसै लालटीन बालेर प्रतिनिधिसभा विघटन गर्ने धारा खोज्दै अनेरास्ववियू

डिसी नेपाल
२२ पुष २०७७ १४:४६
56
Shares

काठामडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ। आज राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन्।

‘दिउँसै लालटीन बाल्दा पनि भेटिएन है प्रतिनिधिसभा विघटनको धारा खै?’ भन्ने व्यानरसहित प्रदर्शनकारीले निकालेको जुलुस माइतीघरमण्डलाबाट  निकालेर नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराईको पनि सहभागी थियो। तर। उनले कोणसभालाई भने सम्बोधन गरेनन्।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका थिए। ओली कदम नसच्चिए सम्म आन्दोलन जारी रहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *