नेपालद्वारा कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत

डिसी नेपाल
२२ पुष २०७७ १७:५१
84
Shares

काठमाडौं। कतारमाथि विगत तीन वर्षदेखिको नाकाबन्दी हटाएको नेपालले स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाकाबन्दी हटाइएको स्वागत गरेको हो।

साउदी अरबलगायतका खाडी मुलुकले तीनवर्ष पहिला कतारले आतंकवादीलाई फण्ड दिएको आरोप लगाउँदै नाकाबन्दी गरेका थिए।

गल्फ कोअपरेशन काउन्सिलको बैठकले नाकाबन्दी हटाउने निर्णय गरेको थियो। बैठकले साउदी र कतारबीच हवाई मार्ग, स्थल मार्ग र समुद्री मार्ग खुल्ला गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै मध्यपूर्वमा शान्ति र विकासले गति लिने नेपालले विश्वास गरेको छ। नेपालले गल्फ काउन्सिलका सबै मुलुकसँग द्विपक्षी सम्बन्ध प्रगाढ बनाउने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *