मध्य राति बानेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किए

डिसी नेपाल
२३ पुष २०७७ ०:२५
168
Shares

काठमाडौं। नयाँ बानेश्वरमा बुधबार राति एक सडक दुर्घटना भएको छ। संसद् भवनको एक नम्बर गेट अगाडि विपरित दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएको नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तले जानकारी दिएको छ।

दुर्घटना बुधबार राति करिब १२ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ४१ वर्षीय सुरेश राई घाइते भएका छन्। बा ८३ प ५५६६ नम्बरको मोटरसाइकल चलाइरहेका ४१ वर्षीय राईको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। उनको खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यस्तै बा ७७ प ९०४६ नम्बरको मोटरसाइकल चलाइरहेका २८ वर्षीय गोविन्द सिजाली सामान्य घाइते छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.