राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्य गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन गरेकी हुन्।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएको जानकारी दिए। उनले पत्रअनुसार आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुष ५ गते नै विघटन गरेका थिए। राष्ट्रियसभाको बैठक पनि ४ दिनमात्र बसेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment