पृथ्वीजयन्ती मनाउन गएकाले लगाए गणतन्त्र मुर्दावादको नारा
काठमाडौं । पृथ्वीनारायण शाहको जन्मदिनको अवसर पारेर २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवको अवसरमा आयोजित कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति समशेर राणासहितको जुलुस बागबजारबाट मुल सडक प्रयोग गरी सिंहदरवारको पश्चिम गेटमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जाँदै गर्दा प्रहरीले दमन गरेको आरोप जुलुसमा सहभागिहरुले लगाएका छन्।
प्रहरीले ट्राफिक जाम कम गर्न सहायक बाटो प्रयोग गर्न आग्रह गरेको र -यालीले नमानेपछि धरपकड भएको बताइएको छ। धरकपड भएपछि अहिलेको स्थिति सामान्य रहेको छ।
पृथ्वीजयन्तीको लागि जुलुसमा सहभागी भएकाले ‘प्रहरी दमन बन्द गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका थिए।
अहिले त्यहाँको सुरक्षाव्यवस्था कडा पारिएको छ। जुलुसमा सहभागीहरुले अन्य दलहरुले सडक प्रयोग गर्ने र आफूले प्रयोग गर्न नपाएको भन्दै आक्रोस व्यक्त गरेका थिए।
जुलुसमा सहभागिहरुले ‘राजतन्त्र जिन्दावाद, गणतन्त्र मुर्दावाद’को समेत नारा लगाएका थिए। उनीहरुले ‘सक्छस भने गोली हान’ भन्दै नारा जुलुस गरेका थिए।







डिसी नेपाल








Facebook Comment