निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोगमा

डिसी नेपाल
२७ पुष २०७७ १४:१७
180
Shares

काठमाडौं। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी अगाडि बढाएको छ। सत्तारुढ दल नेकपाभित्रको आधिकारिकताको विवाद अन्त्य हुँदै आयोगले निर्वाचनका कार्यक्रम अगाडि बढाएपछि असन्तुष्ट बनेको प्रचण्ड–माधव नेपाल समूहले नेतृत्व गरेको नेकपाले असन्तुष्टि जनाएको हो।

पार्टीको आधिकारिता नटुंगिँदै आयोगले निर्वाचन प्रक्रिया बढाएपछि असन्तुष्ट बनेका प्रचण्ड–माधव नेपाल समूहले नेतृत्व गरेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सोमबार निर्वाचन आयोग पुगेका थिए।  उनीहरुले आयोगमा आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको जिकिर गरेका थिए।

उनीहरुले निर्वाचन आयोगले सर्वोच्चको मुद्दा प्रभावित पार्न सक्ने ठानेका छन्। त्यस्ता कार्यक्रम हाललाई स्थगन गर्न उनीहरुले सुझाव दिएका छन्। सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.