लोकसेवा आयोगले ४ सय बढी नायब सुब्बापदमा दरखास्त खुलायो (विज्ञापनसहित)

डिसी नेपाल
२९ पुष २०७७ १०:२५
112
Shares

काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बाका लागि ४ सय भन्दा बढी पदमा आवेदन खुलाएको छ। आयोगले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितामार्फत आवेदन खुलाएको हो।

लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यलयबाट फारम भर्न सकिने आयोगले जनाएको छ। आयोगका अनुसार

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट लोकसेवा आयोगले दरखास्त मागेको हो।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन्। आयोगको वेवसाइट https://psc.gov.np/ बाट दरखास्त भर्न सकिने आयोगले सूचनामार्फत जानकारी गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *