प्रचण्डकाे ‘कयामत’ हुने चेतावनी, सरकारलाई काम गर्न नदिएको उदाहरण देखाउन चुनौती
काठमाडौं। प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा अध्यक्ष प्रचण्डले आफूहरु आधिकारिक भएको दाबी गर्दै सूर्य चिन्ह पनि आफूहरुले नै पाउने जिकिर गरेका छन्। सूर्य चिन्ह आफूहरुले नपाए देशमा ‘कयामत’ हुने चेतावनी पनि दिएका छन्।
बुधबार आफूपक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई सम्वोधन गर्दै प्रचण्डले सूर्य चिन्ह नपाए कयामत हुने चेतावनी दिएका हुन्। कयामत भनेको प्रलय हो।
प्रचण्डले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिए। पार्टीले सरकारका काममा अवरोध गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै प्रचण्डले त्यस्तो एक मात्र उदाहरण देखाउन चुनौती दिएका हुन्।
‘सरकारले गर्न खोजेको राम्रो काममा पार्टीले अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्, म केपी ओलीलाई चुनौती दिन चाहन्छु,’ उनले भने। उनले पार्टीले काम गर्न दिएन भनेर प्रधानमन्त्री ओलीले दिउँसै रात पार्न खोजेको आरोप लगाए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment