क्रिश–४ मा ऋतिक रोशन दोहोरो भूमिकामा हुने, सुपरहिरो र सुपरभिलेन दुवै बन्ने

डिसी नेपाल
१ माघ २०७७ १५:२६

काठमाडौं। बलिउड अभिनेता ऋतिक रोशनको सुपरहिरो फिल्म सिरिज क्रिशको चौथो सिक्वेलमा पनि ऋतिक दोहोरो भूमिकामा देखिने भएका छन् । सिरिजको पहिलो फिल्ममा मात्र ऋतिकको दोहोरो भूमिका थिएन । त्यसपछि क्रिश र क्रिश ३ मा ऋतिकले क्रिश अर्थात कृष्णा मेहरा र उनका पिता रोहित मेहराको भूमिका निभाएका थिए । क्रिश ३ मा रोहित मेहराको मृत्यु भइसकेको छ ।

अब सिरिजको नयाँ सिक्वेलमा ऋतिकले क्रिश अर्थात कृष्णा मेहरासँगै फिल्मको खलपात्रको पनि भूमिका निर्वाह गर्ने भएका हुन् । स्पटब्वायसँग यस विषयमा खुलासा गर्दै फिल्म निर्माण टिम निकट एक स्रोतले भन्यो ‘क्रिशमा सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्ने ऋतिकको सपना थियो । त्यो समय अब आएको छ ।’ क्रिशको कथा लेखकलाई क्रिश ४ को कथा लेख्न भनिएको छ ।

कथा लेखकहरुलाई फिल्मको मुख्य विषयवस्तु दिइएको छ र उनीहरुले ऋतिकलाई सुपरहिरो र सुपरभिलेनको रुपमा फिल्ममा देखाउनको लागि फिल्मको पटकथा लेखिरहेका छन् । यो सम्भवतः विश्वको कुनै पनि सुपरहिरो फिल्ममा एउटै अभिनेताले सुपरहिरो र सुपरभिलेनको भूमिका निभाएको पहिलो पटक हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *