कोरोनाबाट विदेशमा दुई नेपालीको मृत्यु, विदेशमा मृत्यु हुने नेपालीको संख्या तीन सय १९
सांकेतिक तस्वीर
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट यूकेमा एक जना र साउथ अफ्रिकामा एक जना गरी दुई जनाको मृत्यु भएको छ। एनआरएनएको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १९ पुगेको छ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन्। यो कूल संक्रमितको ९५ प्रतिशत हो।
एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै, ब्रिटेन र दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ स्वरुप विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ। स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरूद्धमा प्रभावकारी हुने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment