प्रदेश १ प्रदेशसभाः प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर बैठक स्थगित
बिराटनगर । सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएपछि पहिलो पटक बसेको प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेश केही मिनेटमात्रै बसेर स्थगित भएको छ । ।
प्रदेश प्रमुखसोमनाथ अधिकारीले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुख प्रदिप कुमार भण्डारीले बैठक स्थगित भएको जानकारी दिए ।
केहीबेरअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै अप्रिय घटना हुन नदिन भन्दै पत्र पढेर सुनाएपछि बैठक स्थगित भएको प्रदेशसभा स्रोतले जनाएको छ ।
यसअघि बैठक सुरु भएपछि दलिय आधारमा एक एक जनालाई बोल्न दिइने सहमति भएपनि दुई नेकपाका सांसदबीच भिडन्त हुने स्थिति उत्पन्न भएपछि कसैलाई पनि बोल्न नदिई बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment