प्रधानमन्त्री ओली, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन सर्वोच्चको आदेश

डिसी नेपाल
१५ माघ २०७७ १६:४३
100
Shares

काठमाडौं। सर्वोच्च अदालतमा दायर अदालतको अवहेलना सम्बन्धी रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई ७ दिनभित्र आफै उपस्थित हुन आदेश दिएको हो।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सर्वोच्चमा विचाराधीन मुद्दा रहेका बेला प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीहरु र पूर्वसभामुखले मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै फरक फरक अवहेलना सम्बन्धी रिट सर्वोच्चमा दायर भएका थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताउँदै आएका छन् भने पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति नै जारी गरेर प्रतिनिधिसभा विघटन असैवैधानिक भएको बताएका थिए। उता पूर्वसभामुख ढुंगनाले भने सर्वोच्चका न्यायाधीशहरुलाई सडकमा तान्न सकिने जस्तो उत्तेजक अभिव्यक्ति दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *