काँग्रेस नेता भन्छन्ः संसद पुनःस्थापनाभन्दा चुनावमा फाइदा

डिसी नेपाल
१५ माघ २०७७ १८:४१
28
Shares

कलैया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन्। कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा बिहीबार आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिए।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उनले नेताहरुलाई आग्रह गरे। अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हँुदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *